Wednesday 14th January 2026

कुवेतमा यो हप्ता पनि २ जना नेपाली श्रमिकले ज्यान गुमाए


तीतोपाटी – कुबेतमा यो हप्ता पनि दुई जना नेपाली श्रमिकले ज्यान गुमाएका छन । नवलपरासीका तारा बहादुर सुनार र तेरथुमका खम्बासिंह गुरुङको निधन भएको नेपाली दुतावास कुवेतले जनाएको छ ।

नवलपरासीका तारा बहादुरको र्हिदयघातको कारण शनिबार निधन भएको हो। श्रम गरेर नेपालबाट कुवेत आएको भए पनि हाल उनी कुन कम्पनीमा कार्यरत थिए भन्ने खुल्न सकेको छैन ।

धन्नै दुई हप्ता देखि कुवेतको सुयोख स्थित अल सभा टिवि हस्पिटलमा उपचाररत खम्बासिंहको एनआरएनए कुवेतले उपचारको लागि पहल शुरु गरेको थियो भने उपचार कै क्रममा सोमबार निधन भएको हो । चार वर्ष पहिले NAS कम्पनिमा आएका खम्बासिंह मेडिकल अनफिट भए पछि कम्पनिले नेपाल फर्क भनेर दिएको पासपोर्ट लिएर नेपाल नफर्की लुकिछिपि बसिरहेका थिए।

दुवै जनाको निधन बारे नेपाली दूतावासलाई जानकारी प्राप्त भएको र आवश्यक प्रक्रिया शुरु गरि सकिएको छ तर तत्काल नेपालको फ्लाईट बन्द भएकोले फ्लाईट खुल्ना साथ् शव नेपाल पठाउने नेपाली दूतावास कुवेतका द्वित्तीय सचिब श्रीकृष्ण सिलवालले जनाकारी गराउनु भएको छ ।
तारा बहादुर कार्यरत कम्पनी बारेमा उनलाई चिन्ने कोही जानकार भए नेपाली दूतावासलाई खबर गर्न समेत अनुरोध गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...