Friday 3rd April 2026

सुशिला पाैडेलका पाँच मुक्तकहरू


मुक्तक।(१)

काललाई को मार्न सक्छ र?
कालसँग को नहार्न सक्छ र?
मिति नपुगुन्जेल मात्र बस्ने हो,
दैवलाई कस्ले टार्न सक्छ र?

मुक्तक।(२)
यहाँ दैबको खेल कस्ले बुझ्छ र?
प्राकृतिक भेल कस्ले बुझ्छ र?
यी समस्याले सताई रहने भए,
सुक्ष्म जालझेल कस्ले बुझ्छ र?

मुक्तक।(३)
मलाई सच्चा नागरिक बन्न मन छ।
कति सेवा गरियो भनि गन्न मन छ।
सरकारले केही गरेन भन्नेका लागि,
खै तिमीले के गर्यो भन भन्न मन छ।

मुक्तक।(४)
आकाशमा तारा गनेर सकिँदैन।
मान्छेलाई कहिल्यै भनेर सकिँदैन।
बुझाइ र सोचाइ आ आफ्नो हुन्छ,
सबै कुरामा जान्ने बनेर सकिँदैन।

मुक्तक।(५)
टाढाको नजिक बनाउनु।
परदेश छोडी घर आउनु।
सधैं विदेश बसेर के गर्ने,
देशमा तरकारी लगाउनु।

सुशिला पौडेल
अर्घाखाँची, नेपाल


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...