Friday 26th April 2024

नेपालमा कोरोनाको भयावह अबस्था, एकै दिनमा १३९ जनाको मृत्यु


तीतोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै चपेटामा पारेको कोरोना भाइरस संक्रमणबाट नेपालमा गत २४ घण्टामा थप १ सय ३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा १ सय ३९ जनाको मृत्यु भएको पाइएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९ हजार २ सय ७१ जना संक्रमित थपिएका छन् । १७ हजार ६ सय २३ जना पीसीआर परीक्षण र ७ सय ८८ जनाको एन्टिजेन परीक्षणमा यो संख्यामा संक्रमित भेटिएका हुन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ९३ हजार १ सय ४१ जना जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ६ हजार ७ सय १५ जना संस्थागत आइसोलेसनमा र ५६ हजार ४ सय २६ जना होम आइसोलेसनमा रहेका छन् । हाल आईसीयूमा ९ सय १० जना र २ सय ९५ जना भेन्टिलेटरमा उपचाररत छन् ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...