Saturday 28th March 2026

लोकसेवालगायत संवैधानिक आयोगमा नियुक्ति सिफारिस


संवैधानिक परिषद् बैठकले लोकसेवालगायत रिक्त रहेका संवैधानिक आयोगका विभिन्न खाली पदहरूमा नियुक्ति सिफारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमाआइतबार प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको परिषद् बैठकले लोकसेवालगायत रिक्त रहेका संवैधानिक आयोगका पदमा नियुक्तिको सिफारिस गरेको हो।

सिफारिस गरिएकाको विस्तृत विवरण आउन नै बाँकी छ।  परिषद् बैठक प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा सहभागी भएनन्। प्रधानमन्त्री ओली,राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरा बैठकमा सहभागी थिए।

सरकारले सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबिनै परिषद् बैठक बस्न सक्ने गरी संवैधानिक परिषद अध्यादेश ल्याएपछि कांग्रेसले उक्त अध्यादेशको विरोध गर्दै आएको छ। परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रमुख प्रतिपक्ष दलको नेता र उपसभामुख रहने व्यवस्था छ। हाल उपसभामुख रिक्त रहेकाले परिषदमा ५ जना मात्रै छन्। सरकारले हालै जारी गरेको संवैधानिक परिषदको बैठकसम्बन्धी अध्यादेशका आधारमा बैठक बसेको हो। अध्यादेशमा अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुग्ने भनिएको छ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...