Friday 3rd April 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – १८


कोरोनाले सयौं मरे भन कोको बचायौ तिमीले ।
नबुझेर होकी अझै बुझेर बुझ पचायौ तिमीले ।

पुजापाठ,बिहे, भोज, मिटिङ्‌, सभा,सम्मेलन छ,
भन्दै मान्छे थुपारेर किन फेरि नचायौ तिमीले?

कोभीड-१९ नामको भाइरस छ कि छैन भनी,
आफू-आफ्नो परिवार कुन दिन जँचायौ तिमीले?

नीति नियम कानुनको उल्लंघन गरि हिड्ने ,
खराब ती बानीहरु भन कैले सच्यायाै तिमीले ?

सङ्क्रमण बढाएर स्वस्थ्य शरीर लासै लास,
बनाएर गाँउघरमा कोलाहल मच्चायौ तिमीले?

प्रतिमा शिवाकोटी
कालिन्चोक गा. पा.८, सुनखानी दोलखा,
बागमती प्रदेश ।
(रचना: २०७८ बैशाख २५ शनिवार )


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...