Sunday 18th January 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – १८


कोरोनाले सयौं मरे भन कोको बचायौ तिमीले ।
नबुझेर होकी अझै बुझेर बुझ पचायौ तिमीले ।

पुजापाठ,बिहे, भोज, मिटिङ्‌, सभा,सम्मेलन छ,
भन्दै मान्छे थुपारेर किन फेरि नचायौ तिमीले?

कोभीड-१९ नामको भाइरस छ कि छैन भनी,
आफू-आफ्नो परिवार कुन दिन जँचायौ तिमीले?

नीति नियम कानुनको उल्लंघन गरि हिड्ने ,
खराब ती बानीहरु भन कैले सच्यायाै तिमीले ?

सङ्क्रमण बढाएर स्वस्थ्य शरीर लासै लास,
बनाएर गाँउघरमा कोलाहल मच्चायौ तिमीले?

प्रतिमा शिवाकोटी
कालिन्चोक गा. पा.८, सुनखानी दोलखा,
बागमती प्रदेश ।
(रचना: २०७८ बैशाख २५ शनिवार )


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...