Saturday 27th April 2024

कविता: आफ्नो धर्म अनि संस्कार -कमला पाण्डेय तिवारी


बिहानीको मिर्मिरेमा हामी सबै उठ्नु पर्छ पहिल्यै ।
बाबाआमाबाट पाएको संस्कार नभुलौ है कहिल्यै ।।

जन्मजातै सनातनी हिन्दु हामी संस्कार कति राम्रो ।
उठौ जागौ आफ्नो धर्म जोगाउनु कर्तव्य हो हाम्रो ।।

सनातनि धर्म हाम्रो सबलाई गर्छ बराबर समान ।
आफ्नो धर्म सस्कृति लाई कहिल्यै परपर नमान ।।

लियौ जन्म आखिर लानु के रहिछ मरेर नि यहाँ ।
सचेत बनौं भयावह स्थिति ले विश्व घेर्दै छ जहाँ ।।

मानिस आफ्नो धर्म छोडी अन्धकारमा डुल्दैछन् ।
आफ्नो धर्म बेची बेची किन मानवता नै भुल्दैछन् ।।

बा आमाले दिएको संस्कार कहिले पनि नभुलौ ।
अन्ध बिश्वास हो हल्लामा कहिले हामी नडुलौ ।।

विश्वलाई नै थाहा छ नि कति शक्ति सनातन संस्कार ।
हे मनुष्य कसैले नि नठान्नु है यो धर्म लाई बेकार ।।

कति राम्रो धर्म हाम्रो सबैलाई भन्छ काटमार नगर ।
पछुताउनु पर्ला फेरि होला है पृथ्वी लाई भार ।।

आफ्नो धर्म भुल्यौ भने जिन्दगीमा केही छैन सार ।
खेतीपाती जोगाउन नि तिमी लाउनु पर्छ बार ।।

आफ्नो धर्म रक्षा गर्दै फालौ मैलो अनि धुलो ।
सबै मिली मानवता देखाउ यहि हो धर्म ठुलो ।।

कमला पाण्डेय तिवारी
हाल : इजरायल ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...