Friday 27th February 2026

बाँकेमा भयावह बन्दै कोरोना, २४ घण्टामा ७ को मृत्यु


बाँकेमा पछिल्लो समय कोरोनाभाइरस संक्रमणले भयावह रुप लिन थालेको छ । बितेको २४ घण्टामा मात्रै बाँकेमा ७ जना संक्रमितले ज्यान गुमाएका छन् । शनिबार बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । सङ्क्रमितको मृत्यु भएसँगै २४ घण्टाको अवधिमा मृतकको संख्या ७ पुगेको हो ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र स्रोत व्यक्ति तेज वलीका जानकी गाउँपालिका–१ बाँके निवासी ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ बाँके निवासी २८ वर्षीय पुरुष र वनगाड कुपिण्डे नगरपालिका–३ सल्यान निवासी ५६ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो । यस्तै राजापुर नगरपालिका–९ बर्दिया निवासी ४२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–२ निवासी ६५ वर्षीय पुरुषको दिउँसो मृत्यु भएको हो ।
यसैगरी भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–८ त्रिभुवनचोक निवासी ३५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको स्रोत व्यक्ति वलीले  बताए । योसँगै कोरोना सङ्क्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ७६ पुगेको छ । भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा आज थप २५० मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २६९ जनाको नमूना स्वाब परीक्षण गर्दा २५० जनामा भाइरस पुष्टि भएको छ ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

बेइरुत/तेहरान/तेलअभिव — इरानमाथि सम्भावित अमेरिकी सैन्य कारबाहीको चर्चा चुलिँदै जाँदा मध्यपूर्वको शक्ति–सन्तुलनमा इरानसमर्थित सशस्त्र समूह हिज्बुल्लाह को भूमिकामाथि नयाँ प्रश्न…

निर्वाचनको संघारमा चार पूर्व प्रधानसेनापति दिल्लीमा: अर्थपूर्ण संकेत कि नियमित भेटघाट ? काठमाडौँ, फागुन १५ — नेपालमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी…

काबुल/इस्लामाबाद — अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा पछिल्ला दिनहरूमा सैन्य झडप तीव्र बन्दै गएको छ । दुवै पक्षले एकअर्कामाथि ठूला सैन्य क्षति…

प्रतिकृयाहरू
...