Sunday 18th October 2026

एनआरएन फाउण्डेसनमा मनिषा कोइराला


चर्चित नायिका मनिषा कोइराला गैरआवासीय नेपाली संघ मार्फत सामाजिक सेवामा सकृय हुने भएकी छन्। विदेशमा रहेका नेपालीहरु मार्फत हुने परोपकारी परियोजना सञ्चालन गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघले एनआरएनए फाउण्डेसनको स्थापना गरिएको संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिए।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेको नेतृत्वमा गठन भएको फाउण्डेसनले नेपालमा प्राकृतिक प्रकोप, शिक्षा, स्वास्थ्य, चिकित्सा क्षेत्रमा सहयोग, मठमन्दिर, प्राचिन स्मारकहरुको मर्मत तथा जिर्णोद्धार, कला तथा संगीत क्षेत्रमा सहयोग, वैज्ञानिकहरु तथा श्रमिकहरुको क्षमता वृद्धि, अन्तर्राष्ट्रिय खेलकुद विकासमा सहयोग, गैरआवासीय नेपालीहरुको उत्थान, विपत व्यवस्थापनका क्षेत्रमा सहयोग गर्ने उद्देश्य रहेको संघले जनाएको छ।

फाउन्डेसनको सदस्यमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, संयुक्त राष्ट्र संघका पूर्व उपमहासचिव कुलचन्द्र गौतम, नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणी पौडेल, संघका संरक्षक रामप्रताप थापा, संघका सल्लाहकार एसी शेर्पा, म्यानमारका लागि नेपाली राजदूत भीम उदास, कलाकार मनीषा कोइराला, एकनाथ खतिवडा र पुरु श्रेष्ठ रहेका छन्।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...