Sunday 25th January 2026

बालुवाटारमा पूजा गरेर चितवन पठाइयो राम–सीताको मूर्ति


चितवनको अयोध्यापुरीमा ल्याएर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई  बालुवाटारमा विधिवत् रूपमा पूजा गरी  पठाइएको छ । मंगलबार प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरूको पूजा गरेका थिए । बालुवाटारमा आयोजित वैदिक अनुष्ठानसहितको पूजा गरी मूर्तिहरू चितवन पठाइएको हो ।

प्रधानमन्त्रीनिवासमा रथयात्रालाई बिदाइ गर्दा नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, संस्कृति तथा पर्यटनमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलगायतको उपस्थिति थियो । राम, लक्ष्मण, सीता र हनुमानका प्रतिमा अलगअलग रथमा राखेर चितवन पठाइएको छ ।प्रधानमन्त्रीनिवासबाट सो रथयात्रा राष्ट्रपति कार्यालय पुगेको थियो । राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोहबीच प्रतिमासहितको रथयात्रालाई बिदाइ गरेकी छिन् । मूर्तिहरू लिएर गएको रथ आज चितवनको देवघाट रहनेछ । भोलि बिहान माडीको अयोध्यापुरी लगिनेछ । अयोध्यापुरीमा निर्माण गरिएको मन्दिरमा प्राणप्रतिष्ठा गरेर मूर्तिहरू राख्ने कार्यक्रम रहेको छ ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...