Tuesday 15th July 2025

मलेसियाविरुद्ध नेपालको शानदार जित


तितोपाटी- त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत मलेसियाविरुद्ध नेपालले शानदार जित हासिल गरेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४७ बल बाँकी रहँदै मलेसियाविरुद्ध ९ विकेटको फराकिलो जित हासिल गरेको हो ।

मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको हो । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई आक्रामक सुरुवात दिलाएका थिए ।

भुर्तेल र आसिफले १०२ रनको ओपनिङ साझेदारी गरेका छन् । आसिफ शेखले २९ बलको सामना गर्दै एक छक्का र ४ चौकासहित ४२ रन बनाएका छन् भने भुर्तेलले ६१ रन बनाउन सफल भएका छन् ।

त्यस्तै, दीपेन्द्र सिंह ऐरीले अविजित ६ रन बनाउन सफल भएका छन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या भएको छ।सोमबार बिहान साढे २…

कर्नाटकको उत्तरा कन्नडको दुर्गम क्षेत्रमा रहेको गुफामा प्रहरीले एक रुसी महिला र दुई केटीहरू फेला पारेको छ। प्रहरी गस्ती टोलीले…

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

प्रतिकृयाहरू
...