Tuesday 30th December 2025

नेपालगञ्जको भेरी अस्पतालमा ३ घण्टामा ३ संक्रमितको मृत्यु


बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।कोरोना विशेष वार्डमा उपचाररत तीन संक्रमितको तीन घण्टाको बीचमा मृत्यु भएको जिल्ला संकट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।उनका अनुसार भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ बजे मृत्यु भएको थियो । त्यसको ठीक ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिलाको ज्यान गयो ।

शनिबार राति साढे ९ बजे नै दैलेखको नारायण नगरपालिका–१ की ६८ वर्षीया महिलाको पनि मृत्यु भएको भेरी अस्पताल स्रोतले बतायो ।यससँगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएर ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ९६ पुगेको छ । कोरोना संक्रमणबाट बाँके जिल्ला निवासी ६० जनाले ज्यान गुमाएका छन् ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको…

परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार एकतासम्बन्धी…

प्रतिकृयाहरू
...