Sunday 18th January 2026

टहल आचार्यको गजल संग्रह – १०


शेर सायरी गजलमा गढ्ने पनि हजुरै हो ,
मैले लेख्या सबै कुरा पढ्ने पनि हजुरै हो ।

परम्परा धर्म नीति कानुन र अनुशासन ,
वाचाबोली सङ्कल्पमा अड्ने पनि हजुरै हो ।

फेस्बुकमा भेट्नासाथ लाईक र कमेण्ट गरि,
हौसलाका हिरामोती जड्ने पनि हजुरै हो ।

देश भक्ती राष्ट्रियता जन भाव समेटेर ,
यो मुलुकको खातिरमा बढ्ने पनि हजुरै हो ।

चारजात छत्तिस वर्ण फूलबारी दागा धर्ने ,
दुस्मनको जत्थासँग लड्ने पनि हजुरै हो ।
***

टहल आचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...