Sunday 25th January 2026

शंकर पोखरेलको प्रश्नः माओवादीका सांसद र मन्त्रीले किन एमाले रोजे ?


एमाले नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका प्रदेश सांसद र मन्त्रीहरुले सो पार्टीमा भविष्य नभएर नै एमालेतिर लागेको दावी गरेका छन् । ‘प्रदेश २ मा ४ जना प्रदेश सभासद्ले माओवादी किन छोडे ? सुपमा मन्त्रीले राजीनामा दिएर एमाले किन रोजे ? यहाँ अवसर होइन भविष्य प्रमुख बन्यो’, पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका ४ जना प्रदेशसभा सदस्यलाई पार्टीले शनिबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।२४ घण्टामा जवाफ र पार्टीभित्र नफर्किए पार्टीबाट निस्कासन गरिने माओवादीको तयारी छ। संसदीय दलको नेताबाट हटाइएका सत्यनारायण मण्डल, कुन्दन साह, ज्वाला साह र मो समिर अन्सारी माओवादी केन्द्र छाडेर एमालेमा लागेका हुन् ।यसैगरी सुदूरपश्चिम प्रदेशमा माओवादीको तर्फबाट मन्त्री बनेका झपट बोहरा पनि एमालेतिर लागेका छन् ।
-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...