Sunday 25th January 2026

माओवादी केन्द्रबाट निर्बाचित लुम्बिनी प्रदेशका दुई सांसद पदमुक्त


माओवादी केन्द्रबाट निर्वाचित लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएका छन् । प्रदेश सभाको मंगलबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् । न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ (२) र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २(२) बाट निर्वाचित भएका थिए ।

प्रदेश सभा संसदीय दलको निर्णय र नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको जानकारी प्रदेश सभा सचिवालयमा प्राप्त भएको सभामुख घर्तीले जानकारी गराएका थिए ।

प्रदेश सभाको नियमावलीको १ सय ९२ बमोजिम दल त्यागको सूचना बैठकलाई दिएमा त्यस्तो सदस्यको स्थान रिक्त रहने मानिने छ भन्ने व्यवस्था अनुसार न्यौपाने र पन्थीको प्रदेश सभा सदस्य पद आजका मितिबाट रिक्त रहने व्यहोरा सभामुखले प्रदेश सभा वैठकमा जानकारी गराएका थिए ।

दुई सांसदको पद रिक्त भएको घोषणा गरेसँगै चालु संसदको अधिवेशन पनि अन्त्य भएको छ ।लुम्बिनी प्रदेशको कुल ८७ सांसदमध्ये सभामुखसहित माओवादी केन्द्रका २० सांसद छन् । दुई जना पदमुक्त भएपछि अब माओवादी केन्द्रसँग १८ सांसद कायम रहनेछन् ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...