Tuesday 25th August 2026

रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका १५ श्रमिकको शव स्वदेश ल्याइयो


तितोपाटी- वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकको शव स्वदेश ल्याइएको छ। आइतबार मात्रै नेपाल एयरलाइन्समार्फत मलेसिया, साउदीअरब र कतारबाट १५ जनाको शव नेपाल ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

बोर्डका अनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका १५ वटा शवमध्ये मलेसियाबाट १२ वटा, साउदी अरबबाट दुईवटा र कतारबाट एउटा शव एकैपटक ल्याइएको हो।

यसअघि गत माघमा मलेसियाबाट १८ वटा शव नेपाल एयरलाइन्सबाट ल्याइएको थियो। त्यसो त चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो नौ महिनामा मलेसियाबाट मात्रै २१९ वटा शव आएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार चालू आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १६ महिलासहित ६१५ जनाको शव स्वदेश ल्याइएको छ। गएको साउनदेखि चैत २२ गतेसम्म वैदेशिक रोजगारीमा गएकामध्ये रोजगारीकै सिलसिलामा ज्यान गुमाएकाको शव स्वदेश ल्याइएको बोर्डका निर्देशक दीनबन्धु सुवेदीले जानकारी दिए ।

बोर्डका अनुसार सो अवधिमा साउदीअरबबाट १७० वटा र कतारबाट ९५ वटा शव आएका छन्। यस्तै सो अवधिमा संयुक्त अरब इमिरेट्स (युएई) बाट ४६ वटा शव आए भने कुवेतबाट २४ वटा, बहराइनबाट ११ वटा शव नेपाल आइपुगेका छन्। त्यसैगरी यस अवधिमा दक्षिणकोरियाबाट पाँचवटा शव आइपुगे भने जोर्डनबाट तीनवटा र साइप्रसबाट दुईवटा शव आएको बोर्डले जनाएको छ।गोरखापत्रबाट


सम्बन्धित शीर्षकहरु

भौगोलिक रूपमा विकट भए पनि डिजिटल पहुँचबाट टाढा नरहने उद्देश्यसहित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमको 4G टेलिफोन तथा…

अन्वेषणको इतिहासमा एउटा अचम्मलाग्दो तथ्य छ—नजिक हुनु भनेको सधैँ पहिले पत्ता लाग्नु होइन। पृथ्वीबाट अरबौँ किलोमिटर टाढा रहेको अरुण ग्रह…

वैज्ञानिकहरूले अहिलेसम्म पत्ता लगाएका सबैभन्दा शक्तिशाली cosmic rays मध्ये एक अमातेरासु (Amaterasu) नाम दिइएको कणले वैज्ञानिकहरूलाई चकित बनाएको छ। यसको…

प्रतिकृयाहरू
...