Friday 27th March 2026

शोभा कडरिया,कोईरालाको गजल संग्रह – ३


आँशुभित्र लुकाएर रुन्चे हाँसो हाँस्दै आएँ ।
त्यही हाँसोमा व्यर्थै मैले तिम्रो तस्वीर टाँस्दै आएँ ।

मिहिनेती, इमान्दार भै आफ्नै कमाइ खानु छोरी,
बा आमाको आशिर्वाद मालासरी गाँस्दै आएँ ।

दुख्दा मुटु सम्झनाले पाखा अनि पखेराको,
ढल्केवरका लहरा ती अनायासै मास्दै आएँ ।

दुखै दु:ख, धोका घृणा समेटेको जिन्दगीमा,
साहसको हतियारले पीडा जति नास्दै आएँ ।

हातगोडा बाँधी जब मुख थुन्ने प्रयास भयो,
सबका सामु बन्धन तोडी बोल्दै अनि काँस्दै आएँ ।।

-शोभा कडरिया,कोईराला
माथागढी २ पाल्पा, लुम्बिनी प्रदेश ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...