आँशुभित्र लुकाएर रुन्चे हाँसो हाँस्दै आएँ ।
त्यही हाँसोमा व्यर्थै मैले तिम्रो तस्वीर टाँस्दै आएँ ।
मिहिनेती, इमान्दार भै आफ्नै कमाइ खानु छोरी,
बा आमाको आशिर्वाद मालासरी गाँस्दै आएँ ।
दुख्दा मुटु सम्झनाले पाखा अनि पखेराको,
ढल्केवरका लहरा ती अनायासै मास्दै आएँ ।
दुखै दु:ख, धोका घृणा समेटेको जिन्दगीमा,
साहसको हतियारले पीडा जति नास्दै आएँ ।
हातगोडा बाँधी जब मुख थुन्ने प्रयास भयो,
सबका सामु बन्धन तोडी बोल्दै अनि काँस्दै आएँ ।।
-शोभा कडरिया,कोईराला
माथागढी २ पाल्पा, लुम्बिनी प्रदेश ।