Friday 27th March 2026

केपी ओलीविरुद्ध एकजुट हुन खनाल–नेपालको आग्रह


नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहितका नेताहरूले केपी ओलीले देश, जनता र पार्टीको हितविपरीत गरेका क्रियाकलापविरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।

मंगलबार संयुक्त वक्तव्य जारी गर्दै एमालेको नवौँ राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशनबाट पछि हट्दै ओलीले एकपछि अर्काे निरंकुश र स्वेच्छाचारी कार्य गरेको भन्दै त्यसको विरुद्धमा जुट्न आह्वान गरेका हुन् ।

माओवादी केन्द्रसँगको एकीरकणविरुद्ध अनेकौँ षड्यन्त्र गर्दै पार्टी एकतालाई भंग गर्न लागिपरेका ओली फागुन २३ मा सर्वाेच्चले पुनर्जीवित गरेको एमालेलाई पनि विभाजन गरी नेपालको कम्युनिस्ट आन्दोलनलाई नै विसर्जन गर्ने बाटोमा हिँडेको आरोप लगाएका छन् ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...