Friday 11th July 2025

सुशीला ढकाल अधिकारी ‘श्री’ को गजल संग्रह – १


बहर : मुसाकिल
२१२२ १२२२ १२२२

कुर्नु कुर्दै बसेँ सम्झेर मीठो पल ।
दुष्ट बन्दै यहाँ गर्छौ तिमीले छल ।

बुझ्नलाई नसक्ने बुद्धु नेपाली,
दुःखले काम गर्दा मिल्छ मीठो फल ।

वाध्यताले गयो छोरो घरै छोडी
साहुको ब्याजले बाबा भए दुर्बल ।

आपसैमा सबै पक्कै मिलीकन नै
स्वास्थ्यको लागि हामी शुद्ध पारौँ जल ।

विश्वको सामु ठूलो मान्नु नै पर्छ
दुःख गर्दै बनौँ साहित्यमा अब्बल ।

-सुशीला ढकाल अधिकारी ‘श्री’
काठमाडौं
हाल :- गोर्खा


सम्बन्धित शीर्षकहरु

बेरुत: लिटानी नदीको दक्षिणमा रहेको आइतत शहरका बासिन्दाहरूले बिहीबार UNIFIL सेनामाथि आक्रमण गरे। आक्रमणकारीहरूले लेबनानी सेनाको एकाइको साथ नदिई वादी…

तितोपाटी- रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कमा आएका छन् । बिहीबार बिहान हराएका कर्मचारीहरु गुल्मी जिल्लाबाट…

अमेरिकाले इजरायलमा फराकिलो सैन्य निर्माण पहलको निरीक्षण गरिरहेको छ, जसको मूल्य १.५ अर्ब डलरभन्दा बढी छ र यो परियोजना पूर्ण…

प्रतिकृयाहरू
...