Wednesday 23rd September 2026

लाखौ परदेशीएका युवाहरुको कथा ‘सनैया’ सार्वजनिक


तितोपाटी- खाडीमा कार्यरत लाखौ युवाहरुको कथा र व्यथालाई समेटेर, पत्रकार होम कार्कीद्वारा लेखीएको पुस्तक (सनैया) हिजो सोमवार सार्वजनिक भएको छ।

लामो समय देखि खाडीमा रहेका श्रमिक हरुको बारेमा कलम चलाउदै आएका कार्कीले आफुले देखेका श्रमजीवी बर्गको भोगाइलाई पुस्तकमा समावेश गरेको बताए।

पुस्तकको प्रकाशक किताब पब्लिसर्सले यसमा खाडी मुलुकमा सुन्दर जीवनको खोजी गर्न जाने नेपाली युवाहरुकाे कथा पुस्तकमा समेटिएको जनाएको छ ।

‘जुन दिन म अप्ठ्यारोमा परेका कामदारहरुलाई भेटेर फर्कन्थें, त्यो रात मेरो निद्रा भाग्थ्यो । फिटिक्कै निदाउन सक्दिनथें । ती झझल्कोहरुलाई ल्यापटपमा उतारेपछि मात्रै मलाई शान्ति मिल्थ्यो,’ लेखक कार्की भन्छन्, ‘यो किताब त्यसैको परिणाम हो ।’
पुस्तकमा वैदेशिक रोजगारीका नाममा चलिरहेको आप्रवासी मजदुरहरुको उत्पीडन र सङ्घर्षको चक्रलाई भिन्नभिन्न पात्र र भिन्न–भिन्न कथाका माध्यमबाट चित्रण गर्ने प्रयास गरिएको प्रकाशकले जनाएको छ ।

एक दशकदेखि वैदेशिक रोजगारीका बहुआयामिक पाटाहरुको रिपोर्टिङमा संलग्न कार्की कान्तिपुर दैनिकमा कार्यरत छन् । यो पुस्तक लेखनका लागि उनले खाडी क्षेत्रमा कार्यरत् ५ सय ४० जना नेपाली कामदारसँग कुराकानी र अन्तर्वार्ता गरेको प्रकाशकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...