नजरमा खै कसरी ? शीत पसिसकेछ
मोती झैं सम्हाल्छु भन्दाभन्दै खसिसकेछ।
अन्जानमै पस्यो कि गहिरिएर मुटुमा
जकडिएको शव्दजालमा फसिसकेछ ।
उम्कनु नि कसरी जाल छरिसकेपछि
मुस्कानको चेपारो चारोमा बसिसकेछ।
कमजोरीको फाइदा उठायो बेकाइदा
मौका पाउँनासाथ बेस्सरी कसिसकेछ।
बँधुवा बनाइ निजी स्वार्थपूर्तिका लागि
आधिकारिक त्यो औंठाछाप घसिसकेछ।
शर्मिला श्रेष्ठ,ललितपुर
हाल अमेरिका