Thursday 13th November 2025

टहल आचार्यको गजल संग्रह – ९


नडराए हुने भयो अब बन्दुक गोलीसँग,
डराउनु पर्ने भयो प्रचण्ड र ओलीसँग ।

चैत बैसाख खडेरीको कुनै ख्याल नगरेर,
श्रावण भदौ उर्लने ती हिउँदका खोलीसँग ।

झुट्टो भासन आश्वासन चुनावको खातिरमा,
जनता र देश सक्ने धोकेवाजको टोलीसँग ।

आतेजाते बिदेशको ढोँगी भेष लगाएर,
गाँजा चरेश भित्र्याउने कमण्डलु झोलीसँग ।

पाए एकले अर्कालाई जरो किलै सिध्याउने,
मनमा ईर्ष्या तनमाथि चिल्लोचाप्लो बोलीसँग ।
***

टहल आचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा
बागमती प्रदेश


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...