Friday 27th March 2026

प्रधानमन्‍त्री ओली र सभामुख सापकोटाबीच दुई घण्टा छलफल


प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ। आइतबार बिहान ११ बजेपछि प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख सापकोटा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। भेटमा समसामयिक विषयमा छलफल भएके प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

‘अस्तिनैदेखि भेट्ने कुराकानी भएको थियो। आज भेटवार्ता भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘संसद्‍ सञ्चालन र संसद्‍को बिजनेशको विषयमा कुराकानी भएको छ।’

पुस ५ गते विघटन भएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले फागुन ११ गते पुनस्र्थापना गरेपछि चार पटक संसद्‍ बैठक बसे पनि संसद्‍ले बिजनेश पाएको छैन।

सभामुख सापकोटाले संसदमा पेश गर्नुपर्ने विधेयकलाई प्राथमिकता नदिएको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट छन्। संसद्‍ बैठकको कार्यसूची तयार गर्दा छलफल नभएको भन्दै प्रधानमन्त्री ओलीले विभिन्न सञ्चारमाध्यम मार्फत् सभामुखसँगको असन्तुष्टि सार्वजनिक गर्दै आएका छन्।

आइतबार बालुवाटारमा भएको भेटमा संसद्‍लाई कसरी प्रभावकारी बनाउने र महत्वपूर्ण विधेयकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा दुई घण्टासम्म छलफल भएको हो। प्रधानमन्त्रीसँगको भेटवार्तामा समग्र संसद्‍को प्रभावकारीताका विषयमा छलफल भएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

‘समग्र संसद्‍, संसद्‍को प्रभावकारीता, संसद्‍लाई कसरी प्रभावकारी बनाउने विषयमा छलफल भएको छ’, न्यौपानेले भने, ‘जरुरी र महत्वपूर्ण विधेयकहरुका विषयमा समेत छलफल भयो।’

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...