Sunday 6th July 2025

भारतले अस्ट्राजेनेका खोपको निर्यात रोक्यो, नेपालसहित १ सय ९० देश प्रभावित


तितोपाटी- भारतले अक्सफोर्ड–अस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको छ । कोरोनाभाइरस सङ्क्रमितको संख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने भएकाले खोपमा रोक लगाइएको हो ।

भारतमा बुधवार यो बर्षकै ठुलो संख्या ४७ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । २ सय ७५ को मृत्यु भएको छ ।भारतले अप्रिल १ तारिखबाट ४५ वर्षमाथिकालाई खोप कार्यक्रम सुरु गर्न लागेकाले माग बढने ठानिएको छ । भारतको यो कदमले अप्रिलको अन्त्यसम्म खोप आपूर्तिमा असर गर्ने बताइएको छ ।

भारतको निर्णयबाट कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर पर्नेछ । भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डियाले थुप्रै देशमा अस्ट्राजेनेका खोप पठाउने काममा ढिलाइ गरेको छ । त्यसको असर बेलायत र ब्राजिलमा परिसकेको छ ।भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोड भन्दा बढी खोप निर्यात गरिसकेको छ । भारत सरकारले जनवरी १६ तारिखबाट खोप कार्यक्रम शुरु गरेको थियो ।अहिलेसम्म दोस्रो लहर आउनसक्ने आशङ्कामाझ ४ करोड ७० लाख मानिसलाई उसले खोप लगाइसकेको छ । सात महिनाभित्र ६० करोडलाई खोप लगाउने आशा राखेका छन् ।


सम्बन्धित शीर्षकहरु

वर्षौंदेखि उत्तरपश्चिमी साउदी अरबको मरुभूमि प्रायः बालुवाको खाली भाग हो भन्ने सोचाइ थियो जुन कहिलेकाहीं घुमन्ते गोठालाहरूले भ्रमण गर्थे तर…

हमास आतंकवादी समूहले युद्धविराम प्रस्तावमा सहमति जनाएको केही घण्टापछि, इजरायल रक्षा बल (IDF) ले शनिबार (जुलाई ५) रिपोर्ट गरेको छ…

एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको…

प्रतिकृयाहरू
...