Thursday 9th April 2026

कविताः मान्छे, मान्छे ? -नारायण कोइराला


म आफै भित्र हराएको मान्छे
मन भित्र कराएको मान्छे
सबैले नकारेको मान्छे
न कसैलाई चिनेको
यो परदेशी मान्छे
न कसैलाई भोट दिएको
न कसैसँग नोट लिएको
आफैमा सक्षम हुन्छु भनी
घरबाट निस्किएको पागल मान्छे
जसरी हुन्छ रोई कराई
परदेशमा बाँचेको म मान्छे
बालुवा संग लड्न सिकेको
म मरुभूमिमा लेबरको
बिल्ला भिरेको म मान्छे
न हाँस्न सक्ने न खुसी देख्ने
म एक्लो मान्छे
मान्छेको भीडमा
आफै, आफूलाई खोज्न
न सक्ने म कस्तो मान्छे
हुन पनि हो
मलाई के थाहा?
म काे हु भन्ने?
फुर्सत जो छैन आफ्नो
जीवन सोच्ने
म पागल मान्छे
कसलाई के भन्ने
जति शब्द खोजेनि
दिमाख सान्त नहुने मान्छे

यस्तै हो परदेशी मान्छे
मान्छेको सामुन्ने नचिनिनी मान्छे
लौ यस्तै हो , जति खोजेँ नी
अनौठो मान्छे, मान्छे,!!!

-नारायण कोइराला
तानसेन पाल्पा
हाल,यूएई।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...