Thursday 9th April 2026

दुबै खुट्टा गुमाएका खगेन्द्रलाइ सुप समाज कुवेतकाे ३ लाख २० हजार सहयोग


तीतोपाटी – दुर्घटनामा परि दुइवटै खुट्टा गुमाएर अपाङ्ग भइ बेसहारा भएका बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका-६ घर भइ हाल धनगढी हसनपुर भाडामा बस्ने अपाङ्ग ३० वर्षीय खगेन्द्र भाटको उपचारार्थ सुदुरपश्चिमेली नेपाली समाज कुवेतले नेपाली रूपैयाँ ३ लाख २० हजार सहयोग गरेको छ । सो सहयोग रकम सुदुरपश्चिमेली नेपाली समाज कुवेतका पदाधिकारीहरू, सदस्यहरू तथा संस्था बाहिरका सहयोगी मनका धनि प्रवासीहरू मार्फत संकलन गरि नेपाल स्थित पीडितलाइ हस्तान्तरण गरिएको कुरा सुदुरपश्चिमेली नेपली समाज कुवेतका संरक्षक अमर खड्काले तितोपाटीलाइ जानकारी दिएका हुन् ।

सहयोग रकम सुदुर पश्चिम का जल्दा बल्दा यूवा,मोडल गायक एवम पत्रकार मिलन बिष्टमार्फत कैलाली उद्योग बाणिज्य संघ अध्यक्ष पुस्प राज कुवर, बरिष्ठ देउडा कलाकार नरेन्द्र राज रेग्मी, कलाकार लाल ब. थापा, कलाकार पबित्रा भण्डारी त्यसैगरि मानवसेवा आश्रमबाट सिद्ध राज पनेरु,ज्ञानु शाहको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

यस अघि नेपाल स्थित सुदरपश्चिमका कलाकार तथा सञ्चारकर्मी मिलन बिष्टले पीडित भाट बारे मिडियामा सार्वजनिक गरि कृत्रिम खुट्टा हाल्नको लागि विश्व समुदायसँग सहयोगको याचना गरेपछि सुदुरपश्चिमेली नेपाली समाज कुवेतले सुरु गरेको सहयोग अभियानबाट जम्मा संकलित रकम रु ३,२००००।- अक्षेरूपी तिन लाख बिस हजार जम्मा भएको थियो ।

पीडित भाटको उपचार सहयोगार्थ कुवेत लगायत अन्य देशबाट पनि सहयोग रकम उठिरहेको छ । मानविय र सामाजिक सेवाका कार्यमा घाम पानी झरी बादल, हुरी बतास केहि नभनी सदा कृयाशिल रहँदै आएको सुदुरपश्चिमेली नेपाली समाज कुवेतका संरक्षक अमर खड्काले यस अघि जस्तै यस पटक पनि हृदय खोलेर सहयोग गर्नु हुने सबै सहयोगी मन लाइ हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सबैबाट साथ, सहयोग, समर्थन, सहकार्य र हातेमाले हुने कुरामा आफू विस्वस्त रहेको जनाएका छन् ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बरिष्ठ कलाकार ज्यू हरु ले आफ्नु मार्मिक देउडा प्रस्तुति पनि राख्नु भएको थियो । यहाँ ले पुरा भिडियो हेर्न को लागी तलको link मा गएर हेर्न सक्नु हुनेछ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...