Sunday 25th January 2026

माधव-झलनाथ समूहले बनायो अखिलमा पनि समानान्तर कमिटी


नेकपा एमालेमा समानान्तर कमिटी गठन कार्यले तीव्रता पाएको छ ।  वरिष्ठ नेता माधवकुमार नेपाल  र झलनाथ खनाल  समूहले विद्यार्थीमा पनि समानान्तर कमिटी बनाएको छ । राष्ट्रिय कार्यकर्ता भेला गरेर यो समूहले अनेरास्ववियुमा समानान्तर कमिटी बनाएको हो ।

समानान्तर अखिलको अध्यक्षमा  सुदेश पराजुली चुनिएका छन भने सहअध्यक्ष ओसिम आलम र महासचिव आरती लामा चयन गरिएको छ । भेलाले केन्द्रीय कमिटी पनि निर्माण गरेको छ ।  सोही भेलामा माधव नेपाल, सुरेन्द्र पाण्डे र भीमबहादुर रावलसहितका नेताले सम्बोधन गरेका  थिए । माधव- झलनाथ समूहले अखिल नेपाल महिला संघ र युवा संघ नेपालमा पनि समानान्तर कमिटी बनाएको छ।

 


सम्बन्धित शीर्षकहरु

गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला ’ गीत सार्वजनिक भएको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

प्रतिकृयाहरू
...