Wednesday 18th March 2026

कर्मचारीमा कोरोना संक्रमण भए पछी नेपाली राजदूतावास कुवेत केही दिनको लागि बन्द


तीतोपाटी डटकम- सेवाग्राहीहरुको सेवामा रहदै गर्दा नेपाली राजदूतावास कुवेतमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिए पछी नेपाली राजदूतावास कुवेत अर्को सुचना नभए सम्मका लागि बन्द हुने भएको छ । नेपाली राजदूतावास कुवेतले आज मार्च १८,२०२१ का दिन एक सुचना जारी गर्दै उक्त जानकारी दिएको हो।
दूतावास द्वारा प्रकाशित सुचनामा भनिएको छ, ‘यस अवस्थामा सेवाग्राहीहरूलार्इ अत्यावश्यक सेवा सम्बन्धी महत्वपूर्ण जानकारी लिनुपरेमा दूतावासको हटलाइन नं तथा बिभिन्न मध्यमवाट संपर्क गर्न सकिने
छ।’

नेपाली राजदूतावास कुवेतको जरूरी सूचना जस्ताको तस्तै:-

नेपाली राजदूतावास कुवेतको जरूरी सूचना ।
—————————————–
यस राजदूतावासले कोभिड-१९ को विषम परिस्थितिमा समेत कुवेत सरकारको स्वास्थ्य सम्बन्धी निर्देशिका तथा मापदण्डहरू पालन गरी निरन्तर रूपमा सेवाग्राहीहरूलार्इ सेवा प्रवाह गर्दै अाइरहेको व्यहोरा सबैमा विदितै छ । स्वास्थ्य सम्बन्धी मापदण्डहरूको पालना गर्दागर्दै पनि दूतावासको एक कर्मचारी कोभिड-१९ बाट संक्रमित हुनुभएको हुँदा सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षा र सुविधालार्इ ध्यानमा राखी सेवाग्राही भौतिक रूपमा उपस्थित भर्इ लिनुपर्ने सेवाहरू (जस्तैः राहदानी नविकरण, कागजात प्रमाणीकरण, कागजात जारी अादि) आज मिति २०७७ चैत्र ०५, बिहीबार देखि अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको छ ।यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति दूतावास क्षमाप्रार्थी छ ।

यस अवस्थामा सेवाग्राहीहरूलार्इ अत्यावश्यक सेवा सम्बन्धी महत्वपूर्ण जानकारी लिनुपरेमा दूतावासको निम्न हटलाइन नम्बर, टेलिफोन नम्बर तथा इमेल मार्फत सम्पर्क गर्नुहुन अनुरोध छः
हटलाइन नम्बरः 98869121
टेलिफोन नम्बरः 25321603, 25321604, 25321605
इमेलः [email protected]
फेसबुकः Embassy of Nepal, State of Kuwait
———————————————————
मितिः २०७७ चैत्र ०५ (तदनुसार १८ मार्च २०२१)
नेपाली राजदूतावास, कुवेत


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...