नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले चैत ४ र ५ गते आयोजना हुने राष्ट्रिय भेलामा नेकपा अध्यक्ष एवम् प्रधानमन्त्रीलाई प्रमुख अतिथिको निम्तो दिएको छ ।आज (मंगलबार) ललितपुरको सानेपास्थित हेरिटज गार्डेनमा भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेलामा प्रमुख अतिथि भएर सहभागी हुन आग्रह गरेका हुन् ।
बालुवाटारमा आज (मंगलबार) नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले भोलिको माधव नेपाल समूहको भेलामा नजर रहने बताएका थिए । ओलीको सोही भनाइको जवाफ दिँदै नेता भट्टराईले भोलिको भेलामा आउने नेता कार्यकर्ताहरु एमालेकै भएका कारण भेलामा सहभागी हुन आग्रह गरेका हुन् । ओलीले माधव नेपाल समूहको भोलिको भेलामा कोही गए कारबाही गर्ने चेतावनी समेत दिएका थिए । उनले आजको चियापानमा अनुपस्थित नेपाल–खनाल समूहका एमाले नेताहरुमाथि कारवाहीको संकेत समेत गरेका थिए ।
पत्रकार सम्मेलनमा वितरित प्रेस वक्तव्य
![]()
-नयाँपेजबाट