Friday 27th March 2026

प्रमुख अतिथि बनेर भेलामा सहभागी हुन केपी ओलीलाई योगेश भट्टराईको निम्तो


नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले चैत ४ र ५ गते आयोजना हुने राष्ट्रिय भेलामा नेकपा अध्यक्ष एवम् प्रधानमन्त्रीलाई प्रमुख अतिथिको निम्तो दिएको छ ।आज (मंगलबार) ललितपुरको सानेपास्थित हेरिटज गार्डेनमा भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेलामा प्रमुख अतिथि भएर सहभागी हुन आग्रह गरेका हुन् ।

बालुवाटारमा आज (मंगलबार) नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले भोलिको माधव नेपाल समूहको भेलामा नजर रहने बताएका थिए । ओलीको सोही भनाइको जवाफ दिँदै नेता भट्टराईले भोलिको भेलामा आउने नेता कार्यकर्ताहरु एमालेकै भएका कारण भेलामा सहभागी हुन आग्रह गरेका हुन् । ओलीले माधव नेपाल समूहको भोलिको भेलामा कोही गए कारबाही गर्ने चेतावनी समेत दिएका थिए । उनले आजको चियापानमा अनुपस्थित नेपाल–खनाल समूहका एमाले नेताहरुमाथि कारवाहीको संकेत समेत गरेका थिए ।

पत्रकार सम्मेलनमा वितरित प्रेस वक्तव्य

 

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...