Thursday 9th April 2026

सोमनाथ लुइटेल ‘रवि’ को गजल संग्रह – ४


धेरै गर्छु भन्छौ माया छल गरेर के हुन्छ ।
ढाँटी बोल्नेसंग पुन: कल गरेर के हुन्छ ।।

जब-जब कुरा गर्दछौ कपट मात्रै किन?
हुन्न भने एकोहोरो बल गरेर के हुन्छ ।

नबुझ्ने लाई तिमी ले बुझाउन के जान्छौ
द्वन्दै द्वन्दको बिचमा हल गरेर के हुन्छ ।

बाटो छुट्टै भए पनि माया नै नगरे साथी
नचाहे मायाले मल-जल गरेर के हुन्छ ।

दिल दियौ सबै दियौ माया भयो एकतर्फी
मैले मात्र मायामा पहल गरेर के हुन्छ ।

सोमनाथ लुइटेल रवि
पाल्पाली
हाल:- युगाण्डा


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...