Sunday 25th January 2026

खनाल-नेपाल र प्रचण्डबिच भेटवार्ता


तीतोपाटी – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटवार्ता गरेका छन् ।

आइतबार सुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकिए लगत्तै नेपाल र खनालसँग छलफलका लागि प्रचण्ड कोटेश्वर पुगेका हुन् । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादमा निर्णय गर्दा ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिएपछि नेता नेपाल र खनाल एमालेमा फर्किएका छन् ।

नेपाल र खनाल एमालेमा फर्किए पनि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले एकलौटी निर्णय गरेपछि यो समूह असन्तुष्ट छ ।

नेकपा खारेज भएपछि माओवादी र एमाले ब्यूँतिएका हुन् । पार्टी ब्यूँतिएपछि माओवादी केन्द्रले राजनीतिक गतिविधि अगाडि बढाए पनि ओलीले एकलौटी निर्णय गर्दा खनाल र नेपाल तनावमा छन् ।

प्रचण्ड निकट स्रोतका अनुसार नेतात्रयको भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र नयाँ सत्ता समीकरणको विषयमा छलफल भएको छ ।


सम्बन्धित शीर्षकहरु

गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला ’ गीत सार्वजनिक भएको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

प्रतिकृयाहरू
...