Friday 27th March 2026

खनाल-नेपाल र प्रचण्डबिच भेटवार्ता


तीतोपाटी – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटवार्ता गरेका छन् ।

आइतबार सुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकिए लगत्तै नेपाल र खनालसँग छलफलका लागि प्रचण्ड कोटेश्वर पुगेका हुन् । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादमा निर्णय गर्दा ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिएपछि नेता नेपाल र खनाल एमालेमा फर्किएका छन् ।

नेपाल र खनाल एमालेमा फर्किए पनि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले एकलौटी निर्णय गरेपछि यो समूह असन्तुष्ट छ ।

नेकपा खारेज भएपछि माओवादी र एमाले ब्यूँतिएका हुन् । पार्टी ब्यूँतिएपछि माओवादी केन्द्रले राजनीतिक गतिविधि अगाडि बढाए पनि ओलीले एकलौटी निर्णय गर्दा खनाल र नेपाल तनावमा छन् ।

प्रचण्ड निकट स्रोतका अनुसार नेतात्रयको भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र नयाँ सत्ता समीकरणको विषयमा छलफल भएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...