Friday 27th March 2026

सिरहा मालपोत कार्यालयमा बम विस्फोट


तितोपाटी- सिरहाको लहानस्थित रहेको मालपोत कार्यालयमा आज बम विस्फोट भएको छ ।

लहान बजारमा रहेको मालपोत कार्यालयमा आज करिब १२ः४० बजेको समयमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए । बम विस्फोटमा परी कम्तीमा ६ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको डिएसपी शर्माले जानकारी दिएका छन् । घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगेर घाइतेको उद्धार गरेको छ ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...