Sunday 28th December 2025

बदर अल समा मेडिकलको सहकार्यमा टुलुकुटा कुवेतले नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गर्यो


तीतोिपाटी – बदर अल समा मेडिकलको सहकार्यमा टुलुकुटा कुवेत (Tulukoota Kuwait) ले नयाँ वर्ष सन २०२१ को क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेन्डर सार्वजनिक समारोहमा बदर अल समा मेडिकल सेन्टरका शाखा प्रबन्धक अब्दुल रजाक, टुलुकुटा कुवेतका प्रबन्धकीय टिमको उपस्थिति थियो ।

बदर अल समा मेडिकल सेन्टरकी प्रमुख नर्स श्रीमती डेबी मोन्टेरोको प्रमुख आतिथ्यमा सम्पन्न क्यालेन्डर सार्वजनिक समारोहमा टुलुकुटा कुवेतका तर्फबाट क्यालेन्डरको पहिलो प्रति प्रमुख अतिथिलाइ हस्तान्तरण गरि क्यालेन्डर सार्वजनिक गरिएको थियो ।

क्यालेन्डर सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोन्टेरोले टुलुकुटा कुवेतले वर्ष भरिको गतिविधिलाइ नियमित गर्ने तथा वार्षिक विदा लगायतका संस्थागत गतिविधिका बारेमा समेत सूचना दिन सकिने क्यालेन्डर प्रकाशित गरेकोमा टुलुकुटा कुवेतको प्रसंशा गरेकी थिइन् । टुलुकुटा कुवेतले उक्त क्यालेन्डर टुलुकुटा कुवेतका ९०० भन्दा बढि सदस्यहरूलाइ वितरण गर्ने जनाएको छ । 


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...