Friday 27th March 2026

संसद स्वभाविक ढंगले नचले मुलुक ताजा जनादेशमा जान्छ -ईश्‍वर पोखरेल


उपप्रधानमन्त्री एंव नेकपा एमालेका महासचिव ईश्‍वर पोखरेलले संसद स्वभाविक प्रकृया अनुसार नचले ताजा जनादेशमा मुलुक जाने बताएका छन्। वीरगन्जमा बिहीबार प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले भने, ‘संसद स्वभाविक प्रकृया अनुसार चले ठिकै छ यदि त्यसो भएन भने मुलुक ताजा जनादेशमा जाने र त्यसका लागि तयार रहन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन छ।’

उनले सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि नेकपा एमाले २०७५ जेठ २ गतेको अवस्थामा पुगेको र त्यही अनुसार अब अगाडि बढ्ने बताए। उनले माओवादी केन्द्रबाट एमालेमा आएका सम्पूर्ण नेताहरुलाई सम्मानजनक स्थान दिएर व्यवस्थापन गरिने पनि बताए।

अब सरकार र एमालेको पार्टीको एउटै उदेश्य मुलुकमा राजनीतिक स्थायीत्व प्रदान गर्ने र यसलाई नै केन्द्रमा राखेर सरकार र एमाले अगाडि बढ्ने पोखरेलले बताए। पुर्नजिवित एमालेले सबै बामपन्थि शक्तिहरुलाई समेट्दै अगाडि बढ्ने पनि उनले बताए।

फरक प्रसङगमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले कोरोना संक्रमणका कारण बन्द गरिएका भारतसँग खुल्ला सीमा जोडिएका वीरगन्ज सहितका नाकाहरु औपचारिक रुपमा खोल्ने विषयमा सरकारले छिटटै निर्णय गर्ने जानकारी दिए।

प्रेस संगठन पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा नेकपा एमालेका नेताहरु प्रभु हजरा, जय प्रकाश थारु, विश्वम्भर शर्मा, निर्मला देवकोटा लगायतको पनि उपस्थिति रहेको थियो।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...