Friday 10th April 2026

साथी हो, शिवरात्री फोटो हेरेर मनाउनु पर्ने भो!


नारायण कोइराला – तानसेन भन्दा सात् किलोमिटर तल रहेको प्रभास एक धार्मिक एवं रमणिय स्थान मध्येमा पर्दछ । सिदार्थ हाइवेको साथमा रहेको महादेव मन्दिर अनि वरिपरि रहेका अरू मन्दिरले पनि यहाँ शोभा बढाएका छन्। हाल भइरहेको धार्मिक स्थलको सम्बर्द्धन र विकासले पनि प्रभास एक पर्यटकको लागि धर्मिक एबम् पर्यटकिय स्थल बनेको छ।

यहाँ हर वर्ष शिवरात्री मेला लाग्ने गर्दछ।महादेवको मन्दिरमा रातभरि जाग्राम बस्दा त अर्कै रमाइलो अनि धर्मिक आत्मा सन्तुष्टि मिल्ने गर्थियो ,पहिला। प्रदेश लागि सकेपछि साथीभाइ,आमाबुवा अनि सबै टोल छिमेकका सबै मिली रमाइलो अनि धर्मको आस्था जोगाई राख्ने मौका मिलेको छैन,मलाई।

कति रमाइलो हुन्थियो ,शिवरात्रीको दिनमा। बच्पन गुजारेको त्यो ठाउँ आजपनि शिवरात्रीको दिन उखु,बयर ,बरफ(आइस क्रीम)खाएको यादले सताउछ।। रमाइला थिए दिनहरु। बिहानी देखि बगैंचामा कस्तो रमाइलो हुने गर्दथ्यो।

आहा!भन्न लायक हुन्थियो , त्यो बगैंचा वरिपरिको माहोल।बाध्यता र परिस्थितिले आज जहाँ भएपनि साथीभाइको सम्झना अनि शिवरात्रीको अवसरमाआफू टाढा हुनुपर्दा एक्लो महसुस हुन्छ। यति टाढा भएपनि साथीभाइको माया त मिलेको नै छ। भाेले बाबा ले मेरो र सबैको रक्षा गरुन।

साथी हो, त्यहाँको अवस्था,रमाइलो अनि धार्मिक फोटोहरु पोष्ट गर्दै गर्नु हामी त्यसलाई हेरी शिवरात्रीको झल्को मेट्ने छौ । ओम नम शिवाय।।। जय शिवरात्री।

तानसेन, पाल्पा
हाल,यूएई


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...