Friday 27th March 2026

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दै


तितोपाटी- नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दै छ । बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठक पछिल्लो राजनीतिक घटना क्रममा केन्द्रित हुने छ ।

बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सरकार गठन, पार्टीको आन्तरिक संगठनका विषयमा छलफल हुने बताइएको छ । मंगलबार सत्ता समीकरणको विषयमा माओवादी अध्यक्ष पुष्प कमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए ।

मंगलबार बसेको स्थायी समिति बैठक सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा मौन थियो । पछिल्लो समय नयाँ सत्ता समीकरण नबनेसम्म केपी शर्मा ओलीलाई दिएको समर्थन कायमै राख्ने रणनीति माओवादी केन्द्रले बनाएको छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

प्रतिकृयाहरू
...