Sunday 25th January 2026

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु


तितोपाटी- नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । सर्वोच्च अदालतले पूर्ववत रूपमा एमाले र माओवादी केन्द्र ब्युँताएपछि माओवादी केन्द्रको बैठक बस्न लागेको हो ।

बैठकमा आगामी रणनीतिका सम्बन्धमा छलफल हुने प्रवक्ता पम्फा भुसालले बताइन् । ‘अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुन्छ,’ उनले भनिन् ।

सर्वोच्च अदालतले तीन वर्षअघि एक भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाइ मान्यता नदिइ नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने गरी फैसला गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी रणनीति तय गर्न बैठक बोलाएका बताइएको छ ।

सर्वोच्च अदालतले अस्ति आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी ब्युँताउने गरी फैसला गरेको थियो । एमालेले आजै मात्र धुम्बाराहीस्थित आफ्नो पार्टी कार्यालयमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिसकेको छ ।


सम्बन्धित शीर्षकहरु

गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला ’ गीत सार्वजनिक भएको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

प्रतिकृयाहरू
...