Wednesday 7th October 2026

कविताः म जिउँदो छु -सुरेश पाण्डेय


मलाई तिमीले
मरेको सम्झेँ पनि
मित्र म जिउँदो छु।

हेर मेरो साँस चलिरहेको छ
मैले आफ्नो सानो संसार
रङ्गिन बनाउँने प्रयत्न गरिरहेको छु
संङ्घर्षका मेरा पाईलाहरू
दौडिरहेका छन्
तिमी भन्छौँ मित्र म जिउँदो छैन

तिम्रो जिउँदो संसारमा
मैले पनि फूल फुल्ने कोसिस्
गरिरहेको छु गरिरहनेछु
मलाई मित्र तिम्रो यस्तो सोचमा
कुनैपनि दुख छैन।
तिमी मेरो लागि नराम्रो सोँच्दै गर्नु
म तिम्रो लागि मुटु उपहार दिउँला
यदि मलाई यामराज नै
निमन्त्रणा गर्छ भने म हाँसेर
यामराजको निमन्त्रणा स्विकार गरुला
अनि मित्र तिम्रो जिवनलाई मेरो बाँकी
जिन्दगीको दान गरेर तिम्रो यो संसार बाट
बिदा भएर घाटमा अन्तिम संस्कार
गरेर आगोमा जलेर खरानी भैइदिउला
तर मित्र तिमीले मलाई मरेको नसम्झिनु

म अझै जिउँदो छु
आफ्नो गन्तब्यको सिखर चुम्न
बाँकी नै छ
मलाई जन्म दिने आमा बाको मुहारमा
खुशी ल्याउँनै बाँकी छ
बस म समयको दुर्घटनामा मात्र
परेको हो
आँखा भरी आँसु पुछ्दै उठ्ने गरेको छु
नराम्रो सोँच नकारात्मक बिचार
मेरो मानसपटलमा छैन मित्र
तिमीले नराम्रो सोच्यौ केही छैन
तिम्रो सोँच हो
तर मलाई मरेको नसम्झिनु मित्र
म यो संसारमा जिउँदो छु।

सुरेश पाण्डेय
सुर्खेत विरेन्द्रनगर


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...