Wednesday 12th November 2025

कविताः म जिउँदो छु -सुरेश पाण्डेय


मलाई तिमीले
मरेको सम्झेँ पनि
मित्र म जिउँदो छु।

हेर मेरो साँस चलिरहेको छ
मैले आफ्नो सानो संसार
रङ्गिन बनाउँने प्रयत्न गरिरहेको छु
संङ्घर्षका मेरा पाईलाहरू
दौडिरहेका छन्
तिमी भन्छौँ मित्र म जिउँदो छैन

तिम्रो जिउँदो संसारमा
मैले पनि फूल फुल्ने कोसिस्
गरिरहेको छु गरिरहनेछु
मलाई मित्र तिम्रो यस्तो सोचमा
कुनैपनि दुख छैन।
तिमी मेरो लागि नराम्रो सोँच्दै गर्नु
म तिम्रो लागि मुटु उपहार दिउँला
यदि मलाई यामराज नै
निमन्त्रणा गर्छ भने म हाँसेर
यामराजको निमन्त्रणा स्विकार गरुला
अनि मित्र तिम्रो जिवनलाई मेरो बाँकी
जिन्दगीको दान गरेर तिम्रो यो संसार बाट
बिदा भएर घाटमा अन्तिम संस्कार
गरेर आगोमा जलेर खरानी भैइदिउला
तर मित्र तिमीले मलाई मरेको नसम्झिनु

म अझै जिउँदो छु
आफ्नो गन्तब्यको सिखर चुम्न
बाँकी नै छ
मलाई जन्म दिने आमा बाको मुहारमा
खुशी ल्याउँनै बाँकी छ
बस म समयको दुर्घटनामा मात्र
परेको हो
आँखा भरी आँसु पुछ्दै उठ्ने गरेको छु
नराम्रो सोँच नकारात्मक बिचार
मेरो मानसपटलमा छैन मित्र
तिमीले नराम्रो सोच्यौ केही छैन
तिम्रो सोँच हो
तर मलाई मरेको नसम्झिनु मित्र
म यो संसारमा जिउँदो छु।

सुरेश पाण्डेय
सुर्खेत विरेन्द्रनगर


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...