Friday 26th April 2024

गणेश लोहनीका पाँच मुक्तकहरू


✍️ -१
पखेटा बिना उड्दैछन साहेव ।
चक्का बिनानै गुड्दैछन साहेव ।
चुरिफुरिका त कुर‌ै नगरे भयाे
अपार खाडिमा बुड्दैछन साहेव ।
✍️ -२
बिपरितै त बाेल्छाै जुँगा चल्याे कुरा बुझ्याे ।
महमा विष घाेल्छाै जुँगा चल्याे कुरा बुझ्याे ।
थाहा छ सर्पले दुध पिई विषै तुल्याउँछ
ब्यर्थ खतरा माेल्छाै जुँगा चल्यो कुरा बुझ्याे ।
✍️ -३
हिजाेआज जाेगिदेखि कठै भैंसी डराकाे छ ।
भैंसी देखेर जाेगिकाे पनि साताे हराकाे छ ।
अहंकारकाे लिस्नु चढि धरती धेरैतल छाेडे
पछारिने डरले अहिले बर्बराउँदै कराकाे छ ।
✍️ -४
रमाएर मान्छे कतै हिउँ खेलिरा’छन् ।
कर्मवीरहरू भारि ठेला ठेलिरा’छन् ।
कहिँ वातानुकुलन कतै प्रकृकै शरण
हरे! कोहि नाङ्गै शीतलहर झेलिरा’छन् ।
✍️ -५
सहिदको सपनालाई किन ह-याै भन ?
कालो टीका लाउने काम किन ग-याै भन ?
“भाइफुटे गँवार लुटे” जानेकै बुझेकै छाै
नयाँ चुलो चाैकातिर किन स-याै भन ?

-गणेश लोहनी
चितवन, नेपाल
हालः पोल्याण्ड
प्रेषित : २१ फागुन २०७७


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...