Saturday 3rd October 2026

साईप्रसमा घरेलु श्रमिक महिलाको मृत्यु


तितोपाटी- युरोपियन देश साईप्रसमा एक नेपाली महिलाको असामयिक निधन भएको छ । मङ्गलबार बिहान ४० वर्षीय संगीता पाण्डेको आकस्मिक निधन हो । गैरआवासीय नेपाली सङ्घ साईप्रसले मृतक पाण्डेको नेपाल घर नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं. १ पाण्डेगाउँ रहेको जनाएको छ ।

सघंका सचिव पुरन मगरका अनुसार नेपाली राजदूतावास इजरायल, नेपाली होनरी कन्सुलेट अफ साईप्रस र गैरआवासीय नेपाली संघ साईप्रसले बिहीबार पहिचान खुलेपछि मृतक पाण्डेको परिवारलाई जानकारी गराइएको बताए । सचिव मगरले मृतक पाण्डेको शव साईप्रसको कानुनी प्रक्रिया पुरा गरेपछि नेपाल पठाउने बताए ।-रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...