Saturday 10th October 2026

कविताः शान्तिको खोजी – लोक छ्न्द: झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


लोक छ्न्द: झ्याउरे( ४+४+४+४ अक्षर )
लोकछन्दमा उच्चारण अनुसार अक्षर गन्ने छुट छ)

शान्तिप्रिय बाबाआमा दिदीबहिनी दाजुभाइ
आनन्दको खोजमा छौँ सबै हामी साथीभाइ
हामी यौटा बिन्ती गर्छौँ हजुरहरू सबैलाई
शान्ति कता हराएकी भनिदिनुस् हामीलाई ।🌷🙏🌺

सुन नानी तिमी ज्ञानी शान्ति ऐले लुकेकी छन्
सबैजना लोभी पापी अशान्तिको पछाडि छन्
बाहिर गए आतङ्कले खेदो खनी लखेट्दछ्न्
गाली गर्छ्न् खुबै चर्को आगो बाली डढाउँछन् ।🌷🙏🌺

जनताहरू डरको मारे घरभित्र लुकी बस्छन्
अरौटे र भरौटे छन् चाकडीलाई पूजा गर्छ्न्
गल्लीपिच्छे आगो बाल्दै तोडफोड गर्दै घुम्छन्
आसेगाँसे ठुलो गाँस खान भनी गल्ली डुल्छन् ।🌷🙏🌺

आनन्दको खोजी गरी डुलेका छौ तिमी त्यता
आफू मात्र लिन खोज्छौ लखेटेका तिमी कता
आफू मात्र लिन खोज्दा दुख्यो त्यता मानवता
मानवता छाडी हामी खोजी हिँड्छौँ दानवता ।🌷🙏🌺

शान्ति अनि आनन्द ती एकसाथ बस्ने गर्छन्
दुबै जना दानी मान्छे आफू दिँदा रमाउँछन्
स्वार्थीहरू रमाएर आफू मात्र लिन खोज्छन्
दुवै जना भागेपछि स्वार्थी यहाँ छ्क्क पर्छन् ।🌷🙏🌺

हरि शर्मा (सुवेदी)-गलकोटे कवि
मिशिगन अमेरिका💐🌷🌺🌼


सम्बन्धित शीर्षकहरु

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

प्रतिकृयाहरू
...