Monday 26th January 2026

कोभिड खोपले धकेल्यो हात्तीपाइले अभियान


तितोपाटी- कोभिड–१९ विरुद्धको खोप अभियानका कारण हात्तिपाइलेविरुद्धको औषधि अभियान सरेको छ। हरेक वर्ष फागुन २९ देखि गर्दै आएको हात्तीपाइले अभियान यसपालि चैत २० देखि मसान्तभित्र सुरु गर्ने निर्णय सरकारले गरेपछि सो अभियान करिब एक महिना पछाडि धकेलिएको हो।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कोभिड–१९ विरुद्धको खोप अभियान चलेकै बेला हात्तीपाइलेविरुद्धको औषधि दिँदा हुन सक्ने असरको जोखिम घटाउन अभियान पर सारिएको हो। महाशाखाले फागुन २० गतेदेखि अभियान सुरु गर्ने निर्णय गरेको थियो। कोभिड–१९ को खोप र हात्तीपाइलेको औषधि दुवैले एलर्जी हुने हुनाले एकै अवधिमा प्रयोग गर्दा कुनको एलर्जी भनेर छुट्ट्याउन नसक्दा समस्या हुने महाशाखा प्रमुख कृष्णा पौडेलले बताए। ‘कहिलेकाहीँ भवितव्य हुन सक्छ, कुन औषधिको एलर्जी छुट्टयाउन नसक्दा उपचारमा समस्या हुन्छ,’ उनले भने।

कोभिड–१९ विरुद्धको खोप अभियान चलेकै बेला हात्तीपाइलेविरुद्धको औषधि अभियान भए स्वास्थ्यकर्र्मी परिचालनमा समेत समस्या हुने भएकाले सो अभियान सार्नुपरेको प्रमुख पौडेलको भनाइ छ। अघिल्लो वर्ष १३ जिल्लामा हात्तीपाइलेविरुद्ध अभियान चलाएकोमा यो वर्ष १२ वटा जिल्लामा अभियान चल्नेछ। १३ जिल्लामध्ये कञ्चनपुरमा हात्तीपाइले रोग नियन्त्रण भएपछि यो वर्षदेखि बर्दिया, बाँके, पर्वत, धादिङ, लमजुङ, झापा, मोरङलगायत १२ जिल्लामा अभियान चल्नेछ। नेपालमा हात्तीपाइले रोग निवारणका लागि सरकारले यो वर्ष स्वास्थ्यकर्मी आफैंले औषधि खुवाउने कार्यक्रम छ। लामखुट्टेको टोकाइबाट यो रोग सर्छ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला ’ गीत सार्वजनिक भएको…

प्रतिकृयाहरू
...