Sunday 18th October 2026

कविताः पुत्ला जलाए पनि – छन्दः शार्दूलविक्रीडित -बद्री न्याैपाने ‘वैरागी’


सूत्र -sss iis isi iis ssi ssi s

तानाशाह चलेछ गाउँ घरमा, राजा ढलाए पनि ।
कोही हाँस्न सकेन बाहिर सदा, सत्ता चलाए पनि ।
छिर्छन् गाउँ चुनाव हुन्छ जब, यी गर्छौं बिकासै भनी ।
आफ्नो स्वार्थ लुटेर जान्छ सहजै, पुत्ला जलाए पनि ।

पैसा आउँछ खै विकास नहुने, कस्तो व्यवस्था बन्यो ।
गर्दैनौ कहिल्यै हिसाब किन हो, कस्ले नगर्नू भन्यो ।
जागेनन् कमरेड मस्त कहिल्यै, बाजा बजाए पनि ।
छाडेनन् लुटपाट गर्न, यिनको पुत्ला जलाए पनि ।

तानातान गरेर देश यिनले, खोक्रो बनाई सके ।
भ्रष्टाचार बढ्यो सधैं मुलुकमा, बस्ती गनाई सके ।
जान्छन् पात चुढेर आज किन हो, काया पलाए पनि ।
कोही पुग्न सकेन है महलमा, पुत्ला जलाए पनि ।

ठूलो भाग मिलेन खान कि कसो, नेता लड्यौ खै किन ।
कोही छुट्नु हुँदैन पुग्न पदमा, नाता र गोता गिन ।
आफ्नो सोच पुरा गरे सहरमा, नेता हुँ ठूलै भनी ।
केही दाल गलेन है हजुरको, पुत्ला जलाए पनि ।

माग्दै भोट चुनाव गर्ने रहर त्यो, कस्तो मजाकै भयो ।
लाटा छन् जनता अझै मुलुकमा, भन्ने जमाना गयो ।
खाए देश सबै मिली कुकुरले, ग्वाम्मै ढलाए पनि ।
जाऊ पिण्ड घिचेर बस्नु घरमा, पुत्ला जलाए पनि ।


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...