Sunday 18th October 2026

व्यंग्य कविताः आफन्त भ्यागुता – लोकप्रिय छ्न्द: झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


भ्यागुता बढे गलकोटतिर भनेको सुनियो
साँचो वा झुटो बुझेन कवि कसरी बुझ्ने हो ?
भ्यागुता माछा अत्यन्तै धेरै भएको गलकोट
मान्छेको बानी भ्यागुता जस्तो बनेको देखिन्छ ।१।🌷🙏🌺

आफन्त जन भ्यागुता बन्दा अचम्म लाग्दछ
भ्यागुता यौटा गलकोट सारा खतम पार्दछ
बुझ्दछ कुरा पठाई दुत उसका अरौटे
जे भने पनि खुरुक्क मान्छ्न् उसका भरौटे ।२।🌷🙏🌺

सानेको खेदो खनेर हिँड्ने विकासी भ्यागुता
आफूको लागि चाकडी गरी डुल्दछ सर्वत्र
अत्यन्तै चिप्लो कुराको खानी पुराण वाचन
भेटेको बेला मुखले ठिक्क पार्दछ छिनमा ।३।🌷🙏🌺

स्वनाम धन्य बनेको हुँदा आफूको प्रचार
अगाडि साने बढेको देखे समाती पछार
सिध्दान्त यस्तो बोकेको हुँंदा गुटमा बोलायो
अरुले मान सानेको गरे निकाली धपायो ।४।🌷🙏🌺

छ्ल र बल साथमा बोक्छ विकासे भ्यागुता
चौतर्फी आफू भएको भनी खोकेर हिँड्दछ
गुरिल्ला साथी बनायो भन्ने सुन्दैछ सानेले
सानेको पछि परेको किन बुझेन सानेले ।५।🌷🙏🌺

सोचाइ राम्रो राखेर हिँड जनले बोल्दछ
जति नै राम्रो सोचाइ राखौँ सर्पले टोक्दछ
भ्यागुते रोग आफन्तलाई कसरी लाग्यो खै
रामले जाने जान्दैन साने बुझ्दैन पटक्कै ।६।🌷🙏🌺

हरि शर्मा (सुवेदी)-गलकोटे कवि
मिशिगन अमेरिका💐🌷🌺🌼


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...