Sunday 13th July 2025

मीरा ज्ञवालीको गजल संग्रह – २


बहर: हजज मुसम्मन सालिम
अर्कान: १२२२.१२२२-१२२२.१२२२

तिमी मात्रै यहाँ भेटेँ, सबै सित्तै दियाै आमा ।
सबै पीडा सहेरै हाे सहनशीला थियौ आमा ।।

चुसायाै याे रसै रसकाे, घडा पूर्ण बुटी घाेटी
म चिच्याई रूँदै आएँ, खुसी भर्दै लियाै आमा ।

कलेजाेकाे तिमी टुक्रा भनी बाला लिएकी हाै
निशामा ज्याेति छर्दै छाै विधाता देखियाै आमा ।

छ धागाे हातमा मेराे छुटे चङ्गा छिनेझैँ भाे
गए सारा हटे काला दिलैमा लेखियाै आमा ।

मीरा ज्ञवाली
बुटवल रुपन्देही
लुम्बिनी प्रदेश ।


सम्बन्धित शीर्षकहरु

धर्म परिवर्तनको मुद्दामा उत्तर प्रदेश प्रहरीले चांगुर बाबालाई पक्राउ गरेको छ। यूपी एटीएसले चांगुर बाबालाई सात दिनको लागि हिरासतमा लिएको…

तितोपाटी-निलम्बित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर् अभियान शुरु भएको छ । चर्चित  भुटानी…

तितोपाटी-काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। शुक्रबार बैठकमा  मेयर बालेन शाहले शुरु गर्दै…

प्रतिकृयाहरू
...