Monday 26th January 2026

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, छ जना घाइते


तितोपाटी- गुल्मीको सदरमुकाम तम्घासबाट पराल्मी रातामाटा जाँदै गरेको जिप दुर्घटना भएको छ । लु१ज १९८८ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने छ जनाको घाइते भएका छन् ।

दुर्घटनामा ४८ वर्षीय एकराज पोखरेल, २७ वर्षीया गोमा नेपाली र २८ वर्षीया शान्ति नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । दुर्घटनामा पोखरेलको घटनास्थलमै र दुई जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य घाइते पाँच जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...