Saturday 12th July 2025

भारतको मध्य प्रदेशमा बस दुर्घटना हुँदा ४७ जनाको मृत्यु


तीतोपाटी – भारतको मध्य प्रदेश राज्यको सिधी जिल्लामा मंगलबार बिहान एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ४७ जनाको मृत्यु भएको छ । बसमा ५४ जना यात्रु रहेको र नहरमा खसेका सात जना यात्रुहरु भने पौडेर बाँच्न सफल सफल भएका छन् । सो दुर्घटना सडक जाम भएको कारण चालकले बाटो बदलेर जान खोज्दा भएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार सिधीबाट सतना गइरहेको बस मध्य प्रदेशको राजधानी भोपालबाट करिब ५ सय ६० किलोमिटर टाढा रामपुर नैकिनमा बिहान करिब साढे आठ बजे पुलबाट तल वाणसागर परियोजनाको नहरमा खसेको थियो । सडकमा साइड लगाउने क्रममा पुलबाट तल नहरमा खसेको बताइएको छ ।

दुर्घटनाको खबरसँगै राज्य सरकारले मंगलबारका लागि निर्धारित सबै महत्वपूर्ण कार्यक्रमहरु रद्द गरेको थियो भने दुर्घटना पश्चात मृतकका परिवारलाइ जनही ५ लाख दिने निर्णय गरेको छ । त्यस्तै केन्द्रिय सरकारले राष्ट्रिय राहतकोषबाट मृतकका परिवारलाइ २ लाख र घाइतेलाइ ५० हजार दिने निर्णय गरेको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-निलम्बित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर् अभियान शुरु भएको छ । चर्चित  भुटानी…

तितोपाटी-काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। शुक्रबार बैठकमा  मेयर बालेन शाहले शुरु गर्दै…

तितोपाटी- हालै मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले…

प्रतिकृयाहरू
...