Monday 26th January 2026

कंगोमा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु


तितोपाटी- कंगोमा एउटा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । माइ नोम्बे प्रान्तको लङगोला नजिकै सात सय जना सवार डुंगा दुर्घटना भएको हो । दुर्घटनामा परेर करिब एक सय भन्दा बढी मानिस हराइरहेका छन् ।

उद्धारकर्ताहरुले तीन सय भन्दा बढीलाई जिवितै उद्दार गरेका छन् । रातको समयमा भएको दुर्घटनाका कारण मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अत्याधिक भार र क्षमताभन्दा बढी यात्रुका कारण डुंगा दुर्घटनामा परेको बताइएको छ ।

गत महिना पनि सोही क्षेत्रको किबु तालमा डुंगा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो सन् २०१० को जुलाइमा बुण्डुमको पश्चिमी क्षेत्रमा डुंगा दुर्घटना हुँदा एक सय ३५ जनाले ज्यान गुमाएका थिए ।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...