Wednesday 14th January 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – ८


दया माया ममताको ठुलो खानी थियौ तिमी ।
पापी बाट बलत्कृत हुने नानी थियौ तिमी ।।

पढ्ने लेख्ने हाँस्ने खेल्ने बालापनको उमेरमा,
अस्तित्व नै लुटिएकि तिनै रानी थियौ तिमी

सफा मन मिलेको तन सबैसँग हाँस्दै बोल्ने,
दुःख सुख पनि बुझ्ने कति ज्ञानी थियौ तिमी ।

साना ठुला धनी गरिब जो सङ्ग नि मिली बस्ने,
दिन खान भनेपछी अति दानी थियौ तिमी ।

यमराजको बस्ती भनी पहिले नै थाहा पाए,
निडर भै सरासर किन जानी थियौ तिमी ।

प्रतिमा शिवाकोटी
कालिन्चोक गा.पा ८ ,सुनखानी दोलखा
बागमती प्रदेश


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...