Sunday 29th March 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – ८


दया माया ममताको ठुलो खानी थियौ तिमी ।
पापी बाट बलत्कृत हुने नानी थियौ तिमी ।।

पढ्ने लेख्ने हाँस्ने खेल्ने बालापनको उमेरमा,
अस्तित्व नै लुटिएकि तिनै रानी थियौ तिमी

सफा मन मिलेको तन सबैसँग हाँस्दै बोल्ने,
दुःख सुख पनि बुझ्ने कति ज्ञानी थियौ तिमी ।

साना ठुला धनी गरिब जो सङ्ग नि मिली बस्ने,
दिन खान भनेपछी अति दानी थियौ तिमी ।

यमराजको बस्ती भनी पहिले नै थाहा पाए,
निडर भै सरासर किन जानी थियौ तिमी ।

प्रतिमा शिवाकोटी
कालिन्चोक गा.पा ८ ,सुनखानी दोलखा
बागमती प्रदेश


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...