Wednesday 4th February 2026

व्यङ्ज्ञ कविता: भाले मिलेन खै ! – लोक छन्द: झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


राजनितीमा पसेका सुगा सिकेर बोल्दैछ्न्
अरौटे उनै भरौटे उनै नेताको साथ छन्
चुनाव हुँदा जिताऊँ डाँका भनेर डुल्दछ्न्
खोजेको खोज्यै मिलेन भाले अझै ती खोज्दैछ्न् ।१।💐🌷🌺🌼

साहित्यतिर कोइलीहरू सुगाको पछि छ्न्
रटेर ज्ञानी भएका सुगा उनले रोज्दछ्न्
उनैका मन्त्र घोकेर पढ्छन् थुतुनो ठड्याई
गुटको मात्र गाएका गीत गुटकै भलाई ।२।💐🌷🌺🌼

गुटको मात्र प्रचार गर्ने कसम खाएका
सिध्दान्त पनि राम्ररी जान्ने घोकेर आएका
शंकालु बानी मनमा पाप लुकेको कारण
फूलको सट्टा काँडा नै देख्छ काँडाले आँखामा ।३।💐🌷🌺🌼

बाँदरसरि बेहोरा गरी अरौटे भरौटे
कोइलीहरू बिग्रेर आज बनेका कुरौटे
पुराना थोत्रा रुखको आड लागेर बास्दछ्न्
धोत्राले खायो पुरानो रुख तैपनि लिप्त छन् ।४।💐🌷🌺🌼

व्यक्तिको पूजा गर्दछ देश निर्लज्ज बनेर
पुराना रुख बाटो नै छेक्छ्न् बाटोमै ढलेर
राजनीतिमा पुराना रुख काटेर फालौँ है
नवीन रुख उन्नत जात ल्याएर रोपौँ है।५ ।💐🌷🌺🌼

साहित्य पनि कलमी काट्ने भएको देखिन्छ
पुराना रुख ढलेका थुप्रै बाटोमा भेटिन्छ
बिराला अनि बिरालीहरू भान्सामा भान्से छन्
पुराना रूख खोजेर मात्र भोजन पस्किन्छन् ।६।💐🌷🌺🌼

पाहुना कोही घरमा देखे इशारा गर्दछन्
इशारा मान्ने भान्साका ढाडे पालन गर्दछ्न्
अतिथि आई द्वारमा बस्छ आदेश कुरेर
घरका ढाडे कुनामा बसी आफैले हसुर ।७।💐🌷🌺🌼

साहित्य सेवा पटक्कै हैन आफूको प्रचार
कविता पनि पार्टीकै नाम आचार विचार
कोइली पनि तिमी नै राख आफैले हसुर
हामीले हेर्छौँ तिम्रो त्यो जात्रा युटुब खोलेर ।८।💐🌷🌺🌼

हरि शर्मा (सुवेदी)-गलकोटे कवि
मिशिगन अमेरिका💐🌷🌺🌼


सम्बन्धित शीर्षकहरु

सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा…

भारतको २०२६–२७ संघीय बजेटमा विदेश सहायता विनियोजनले नयाँ कूटनीतिक प्राथमिकताहरू स्पष्ट संकेत गरेको छ। सबैभन्दा ठूलो विकास सहायता भुटानलाई २,२८८…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले इरानको सट्टा भेनेजुएलाबाट तेल किन्न सम्झौता गरिसकेको दाबी गरेका छन्। शनिबार एयर फोर्स वनमा पत्रकारहरूसँग…

प्रतिकृयाहरू
...